सहकारीको चेनगेट ध्वस्त, पाँच लाख गायब

सहकारीको चेनगेट ध्वस्त, पाँच लाख गायब

सुनसरीमा एउटा सहकारी संस्थामा चोरी भएको छ । गढी गाउँपालिका–३, छिटाहा बजारस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी भएको बताइएको छ ।

सहकारीको अफिसको चेनगेट फोरेर चार लाख ९९ हजार ९०९ रुपैयाँ र एक थान बिल काट्ने ट्याब चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू