सुपारी बगानमा बालिका बलात्कृत, युवतीमाथि बारीमा सामूहिक बलात्कार

सुपारी बगानमा बालिका बलात्कृत, युवतीमाथि बारीमा सामूहिक बलात्कार

झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–३ बस्ने इलाम रोङ गाउँपालिका–६ का २० वर्षीय दिपेश प्रधान पक्राउ परेका हुन् । प्रधानले बालिकालाई छठ पूजाको राति किरात टोलस्थित सुपारी बगानभित्रको झाडीमा जबरजस्ती गरेका थिए ।

उता दाङमा पनि २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको छ । घोराही उपमहानगरपालिका–१५ का ३१ वर्षीय सुवास पुलामीलाई प्रहरीले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ । पुलामीले ती युवतीलाई विवाह गर्ने बहानामा करणी गरेको तथ्य खुलेको छ ।

बाँकेमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि चार जनाले स्थानीय खजुरा गाउँपालिका–१, जलपोखरीस्थित अरहरी बारीमा कात्तिक ३० गते पालैपालो जबरजस्ती करणी गरेको तथ्य खुलेको छ । 

प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको छ । स्थानीय जलपोखरीका २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रवीण थापा पक्राउ परेको बताइएको छ । सन्देश थापा क्षेत्री फरार छन् ।

टिप्पणीहरू