दुर्गा प्रसाई भोलिदेखि तीनकुनेमा सर्ने
व्यवस्था पल्टाउने आन्दोलनमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । आज बल्खु चोकमा शक्ति प्रदर्शन गरेको सो समूहले भोलि तीनकुने सर्ने भएको हो ।
आज बल्खुमा भएको प्रदर्शनमा प्रसाईं समर्थकले प्रहरीको सुरक्षा घेरा तोड्न खोजेपछि झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरी दुबैतर्फ केही घाइते भएको बताइएको छ ।
तीनकुनेमा आज नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो । दुबै समूह एकैदिन सडकमा ओर्लिएपछि सम्भावित मुठभेडलाई ख्याल गर्दै स्थानीय प्रशासनले युवा संघलाई तीनकुने र प्रसाई समूहलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो ।
प्रसाईं समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म निरन्तर आन्दोलनमा रहने बताएको छ ।
टिप्पणीहरू