मावि शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली

मावि शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली

रुपन्देहीको गैडहवा गाउँपालिका–५ स्थित श्री मुक्तिनाथ आधारभूत विद्यालयमा कार्यरत राहत शिक्षक डिलमाया कुमारी कडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा शिक्षक पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीवरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कडेलले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट लिएको नक्कली प्रमाणपत्र पेश गरी राहत शिक्षकको नियुक्ति लिएकी थिइन् । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

टिप्पणीहरू