घाँस काट्न वनमा गएकी वृद्धाको घाँटी कस्नेमा छ जनाको संलग्नता

घाँस काट्न वनमा गएकी वृद्धाको घाँटी कस्नेमा छ जनाको संलग्नता

कञ्चनपुरमा महिलाको हत्या गरी सुनका गरगहना लुटपाट तथा किनबेचमा संलग्न छ जना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–७ झण्डाभोज बस्दै आएका २८ वर्षीय महेश डगौरासहित कैलालीको धनगढी बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्रबहादुर सोव र ४० वर्षीय दिपेन्द्र सिजापती समातिएको बताइएको छ ।

उनीहरुले गत कात्तिक १९ गते दिउँसो घाँस काट्न मध्यवर्ती सामुदायिक वनमा गएकी शुक्लाफाँटा नगरपालिका–७, शान्तिपुरकी ६५ वर्षीया नारुदेवीको घाँटी कसेर हत्या गरेका थिए । उनको शव भोलिपल्ट बिहान सोही वनमा फेला परेको थियो । 

अभियुक्त आशंका गरिएकामध्येका एक महेशलाई झलारी बजारबाट नियन्त्रणमा लिएपछि हत्याको वास्तविकता खुलेको थियो । उनले नारुदेवीलाई घाँस काटिदिने प्रलोभन देखाउँदै हँसिया मागेर उनकै कपडाले घाँटी कसेर हत्या गरिएको थियो । त्यसपछि दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेर उनीहरु भागेका थिए ।

प्रहरीले लुटिएका सुनका गहना बिक्री गरिएको पसलबाट बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू