घरमा श्रीमान, परिचयपत्रमा एकल महिला

घरमा श्रीमान, परिचयपत्रमा एकल महिला
सुन्नुहोस्

रामेछापको मन्थली नगरपालिका–५ का तत्कालिन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोसहित निर्मला खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । वडासचिव महतोले खत्रीसँगको मिलेमत्तोमा उनका जीवित श्रीमानको मृत्यु भएको गलत लिखित तयार गरी एकल महिला भत्ता उपलब्ध गराएको अख्तियारको दाबी छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ४५ हजार २२० रुपैयाँ बिगो कायम गरी सजाय मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


 

टिप्पणीहरू