पोर्चुगलमा छुरा प्रहारबाट नेपालीले आफ्नै साथीको ज्यान लिए

पोर्चुगलमा छुरा प्रहारबाट नेपालीले आफ्नै साथीको ज्यान लिए
सुन्नुहोस्

पोर्चुगलमा छुरा प्रहारबाट एकजना नेपाली युवकको ज्यान गएको छ । आफ्नै नेपाली साथीले प्रहार गरेको छुरा प्रहारबाट पर्वतको कुश्मा नपा–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको हो । 

गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएको बताइएको छ ।

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्तामा बस्दै आएका क्षेत्रीलाई आफ्नै साथी स्याङ्जाको पुतलीबजार–१२, पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरेका हुन् । 

मदिराले मातेर क्षेत्रीलाई छुरा प्रहार गरेपछि फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै रोजगारीको सिलसिलामा आठ महिना अघि पोर्चुगल पुगेका थिए । 

मृतक क्षेत्रीको शव परीक्षणका लागि अस्पताल राखिएको बताइएको छ ।

टिप्पणीहरू