बर्थडे मनाउन दुबई नलगेको झोंकमा श्रीमतीद्वारा श्रीमानको हत्या

बर्थडे मनाउन दुबई नलगेको झोंकमा श्रीमतीद्वारा श्रीमानको हत्या

छ वर्षअघि लभ म्यारिज गरेकी एक महिलाले दुबई घुमाउन नलगेको झोंकमा श्रीमानको हत्या गरेकी छन् ।

भारतको पुनेमा ३६ वर्षे निखिल खन्नालाई श्रीमतीले रेनुकाले जन्मदिन मनाउन दुबई नलगेको रिसमा अनुहारमा मुक्का हानेर प्राण लिएकी हुन् ।

पुनेको वानावादी क्षेत्रमा हिजो उक्त घटना भएको प्रहरीले जनाएको छ । मृतक खन्ना निर्माण उद्योग सञ्चालक र व्यवसायी हुन् । 

प्रारम्भिक अनुसन्धानबाट श्रीमानले महँगो उपहार नदिएको, जन्म दिन मनाउन दुबई नलगेको र नयाँ दिल्लीमा रहेका आफन्तसँग जन्मोत्सव मनाउन अनुमति नदिएपछि श्रीमतीले झगडा गरेको खुलेको छ । सोही क्रममा उनको मृत्यु भएको बताइएको छ ।

श्रीमतीको मुक्का प्रहारबाट निखिलको नाक फुटेको थियो भने केही दाँत समेत भाँचिएको छ ।

टिप्पणीहरू