राजधानीको ट्राभल एजेन्सीमा जुवाको खाल

राजधानीको ट्राभल एजेन्सीमा जुवाको खाल

प्रहरीले ट्राभल एजेन्सीमा जुवा खेलिरहेका चार जना पक्रेको छ । ठमेल नजिकैको नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर्समा जुवातास खेलिरहेको अवस्थामा उनीहरु समातिएको बताइन्छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ घर भएका ५६ वर्षीय जसबहादुर तामाङसहित चार जनाको साथबाट २९ हजार रुपैयाँ र तीन बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

उता पोखराको चाउथेस्थित खाजा घरमा जुवा खेलिरहेको अवस्थामा  आठ जना पक्राउ परेका छन् । खाजा घरका सञ्चालक पर्वतको कुश्मा नगरपालिका–१३ घर भएका ४५ वर्षीय प्रेमबहादुर कार्कीसहित आठ जनाको साथबाट एक लाख पाँच हजार ५६० रूपैयाँ र एक बुक तास फेला परेको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू