पोखरा, मकवानपुर र बिराटनगरमा गाँजा, अन्यत्र ब्राउन सुगरको कारोबार

पोखरा, मकवानपुर र बिराटनगरमा गाँजा, अन्यत्र ब्राउन सुगरको कारोबार
सुन्नुहोस्

पोखरामा प्रहरीले चार केजी गाँजा बरामद गरेको छ । गाँजासहित धादिङको गजुरी गाउँपालिका–३ का २० वर्षीय विनोद विक पक्राउ परेको बताइएको छ । 

विक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ प १२९४ नम्बरको बस जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।

उता बर्दियामा ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बढैयाताल गाउँपालिका–८, पशुपति बजारबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगरसहित गुलरिया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्याप्रसाद धोबी शनिबार पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

बिराटनगरमा १ किलो ३०० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् । प्रहरीले महानगरपालिका–५, कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामत अवैधको घरमा उक्त गाँजा फेला पारेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरमा ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित स्थानीय ३४ वर्षीय साजित चौधरी पक्राउ परेका छन् । यता हेटौंडा बसपार्कबाट करिब छ केजी गाँजासहित चितवनको रत्ननगर नगरपालिका–३, लौरीचोक बस्ने २० वर्षीया सरिता लामा आज बिहान पक्राउ परेकी छन् । 

धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४११ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

टिप्पणीहरू