सालिक तोडफोड गर्ने राप्रपाका डेढ दर्जन कार्यकर्ताविरुद्ध सार्वजनिक अपराधको मुद्दा

सालिक तोडफोड गर्ने राप्रपाका डेढ दर्जन कार्यकर्ताविरुद्ध सार्वजनिक अपराधको मुद्दा

शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा समातिएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका १८ जना नेता-कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ । 

महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो ।

शुक्रबार गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै महेन्द्रनगरमा रापप्राका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । त्यसक्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । 

उक्त तोडफोडमा संलग्न १८ जना राप्रपाका कार्यकर्ता भएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू