प्रेमको प्रपञ्चमा सुजाताका महँगा उपहार

प्रेमको प्रपञ्चमा सुजाताका महँगा उपहार

एउटी २७ वर्षीया युवतीले नक्कली प्रेमको चक्कर चलाउँदै नेपाली युवा ठगेको पुष्टि भएको छ । उनले सोही प्रकरणमा अनलाइनमार्फत् रकम ठगेकी हुन् ।

यसरी ठग्ने महिला सप्तरीको कञ्चनरुप नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी बस्ने २७ वर्षीया सुजाता चौधरी भएको बताइएको छ । 

उनले फेसबुकमार्फत् केटा साथी बनाउँदै आफु टर्कीको नागरिक भएको विश्वास दिलाएकी थिइन् । त्यसपछि प्रेमको प्रपञ्चमा महंगो उपहारको प्रलोभनमा ठगेकी हुन् । 

प्रहरीका अनुसार प्रेमीलाई आइफोन, महँगा घडी, जुत्ता, सुनका गरगहना पार्सलमा पठाएको बताउँथिन् । उक्त पार्सल लिन प्रेमी भनिएका युवकसँग भन्सार, डेलिभरी र बीमा शुल्कबापत रकम लिएको देखिन आएको हो । 

उनले एक लाख ३५ हजार रकम ठगेको देखिन आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज पक्रेर अनुसन्धान थालेको हो ।

टिप्पणीहरू