रातारात धनगढी पुगेपछि कुख्याति कमाएका मुनिर प्रहरी खोरमा

रातारात धनगढी पुगेपछि कुख्याति कमाएका मुनिर प्रहरी खोरमा
सुन्नुहोस्

-टेकसिंह धामी

कैलालीका कुख्यात अपराधी शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मुनिर पक्राउ परेको प्रहरीले बताएको छ ।

विगत लामो समयदेखि फरार मुनिर जिल्ला प्रशासन कार्यालयमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालले पनि मुनिरलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनका अनुसार एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको एसपी पालले बताए । उनी आज एक पुरानो मुद्दाको छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा आएको समयमा प्रहरी फन्दामा परेका हुन् ।

प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन् । उनीविरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर, अभद्र व्यवहारलगायतका मुद्दा छन् । 

उनीबाट पीडितहरु अहिले पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । उनी नेपाली काँग्रेसका कार्यकर्तासमेत रहेको स्थानीयको भनाई छ ।

केही वर्षअघि अपहरणको आरोपमा वीरगञ्जबाट फरार भएपछि खाली हात धनगढी पुगेका मुनिरले यसबीचमा करोडौंको सम्पत्ति जोडेका छन् । केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दंगा गराएको आरोपमा पक्राउ पर्ने डरले लुक्दै आएका थिए ।

टिप्पणीहरू