लठ्ठी मागेको निहुँमा नातिद्वारा हजुरबाको हत्या

लठ्ठी मागेको निहुँमा नातिद्वारा हजुरबाको हत्या

पर्सामा हजुरबुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठोरी गाउँपालिका–२, डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्याको आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन् । 

उनी लक्ष्मणको छोरीतर्फका नाती हुन् । हिजो दिउँसो घरको आँगनमा कोदो चुटिरहेका लक्ष्मणले लठ्ठी मागेपछि कृष्णले लठ्ठी हानेर हजुरबालाई घाइते बनाएको बताइन्छ । 

घाइतेको उपचारको क्रममा स्वास्थ्य चौकी ठोरीमा निधन भएको हो । प्रहरीले कृष्णलाई जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको थियो । 

यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू