विवाहको बहानामा बलात्कार, त्यसपछि यातना लगातार

विवाहको बहानामा बलात्कार, त्यसपछि यातना लगातार

दाङमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१३ घर भई हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्दै आएका ३२ वर्षीय मानबहादुर पुन मगर समातिएका हुन् । 

उनले ती महिलालाई विवाह गर्ने प्रलोभनमा गत असोज २३ गते दाङको राप्ती गाउँपालिका–१, भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा करणी गरेको बताइन्छ । करणीको क्रममा यातना समेत दिएको पीडितको भनाई उल्लेख गर्दै प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, भालुवाङबाट खटिएको टोलीले गत शुक्रबार उनलाई नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू