राति बल्खु पुगेका भारतीयसँग स्रोत नखुलेको लाखौंको बिटो

राति बल्खु पुगेका भारतीयसँग स्रोत नखुलेको लाखौंको बिटो
सुन्नुहोस्

काठमाडौंमा स्रोत नखुलेको लाखौं रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मोतिहारी घर भई हाल काठमाडौंको सतुङ्गल बस्दै आएका २२ वर्षीय हामित खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले गएराति उनलाई बल्खुबाट स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ । 

बा.प्र ०२–१७ प ९७५१ नम्बरको मोटरसाइकल चढेर हिँडेका उनीबाट चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित फेला परेको हो ।
 

टिप्पणीहरू