गीताको घरमा जुवाको खाल, २९ हजारसहित जुवाडे पक्राउ

गीताको घरमा जुवाको खाल, २९ हजारसहित जुवाडे पक्राउ

कास्कीमा पाँच जना जुवाडे जुवाको खालबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९, शिवटोल बस्ने ३७ वर्षीया गीता लामाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीका आधारमा खटिएको टोलीले उनीहरुलाई गएराति २९ हजार तीन सय ४० रुपैयाँ नगद र एक बुक ताससहित नियन्त्रणमा लिएको बताइएको छ । 

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू