भारतीयको झोलामा लागूऔषध

भारतीयको झोलामा लागूऔषध

मकवानपुरमा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बिहार राज्यको पूर्वी चम्पाराम, मोतिहारी बस्ने २१ वर्षीय अमित कुमार पक्राउ परेका हुन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले आज बिहान उनलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो । रातोमाटेस्थित बा.प्र ०३–००१ ज ७९१ नम्बरको माइक्रो बस चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार उनी लागूऔषधसहित फेला परेको बताइएको छ । 

प्रहरीले उनको साथबाट डाईजेपाम एक सय ५० पिस, नुर्फिन एक सय ५० पिस र फेनारगन एक सय ५० पिस बरामद गरेको छ । पक्राउ परेका अमितमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू