नयाँ दिल्ली उड्न लागेका भारतीयको हाते झोलामा आठ लाखको मुठो

नयाँ दिल्ली उड्न लागेका भारतीयको हाते झोलामा आठ लाखको मुठो

काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेका दुई जना भारतीय नागरिकको हाते झोलामा अवैध भारतीय रुपैयाँ फेला परेको छ । हिजो साँझ ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ मा जाने तयारीमा रहेका उनीहरुको अन्तिम सुरक्षा जाँचको क्रममा आठ लाख भारु भेटिएको हो ।

भोटर आईडी एक्सबीएक्स १२५१६६९ र एक्सबीएक्स १७४४५४९ देखाएका ३५ वर्षे पंकज गुप्ता र धर्मेन्द्र नगरको हाते झोलामा चार चार लाख रुपैयाँ भारतीय पाँच सय दरका नोट फेला परेको बताइन्छ । 

गएराति महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएका ती दुबैलाई आज कार्यालय खुलेपछि थप अनुसन्धान र कारबाहीको निम्ति राजश्व अनुसन्धान विभाग हरिहरभवनमा बुझाइने प्रहरीको भनाई छ ।

टिप्पणीहरू