बालविकास कार्यकर्ताकै शैक्षिक प्रमाणपत्र नक्कली

बालविकास कार्यकर्ताकै शैक्षिक प्रमाणपत्र नक्कली
सुन्नुहोस्

कैलालीको बर्दगोरिया गाउँपालिका वडानम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकास कार्यकर्ता निरञ्जना मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मल्लले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट लिएको एसएलसीको नक्कली प्रमाणपत्र पेश गरी बालविकास कार्यकर्ता पदमा नियुक्ति लिएको आयोगको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम मुद्दा दायर भएको हो ।बालविकास कार्यकर्ताकै शैक्षिक प्रमाणपत्र नक्कली 

टिप्पणीहरू