अधबैंशेद्वारा बालिका बलात्कृत, अभियुक्तका दाइको सेटिङ

अधबैंशेद्वारा बालिका बलात्कृत, अभियुक्तका दाइको सेटिङ
सुन्नुहोस्

झापामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–६, बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य समातिएका हुन् । 

उनले गत शुक्रबार बालिकालाई घरमा लगेर करणी गरेको तथ्य खुलेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो पक्रेको हो । 

अनुसन्धानको क्रममा जगतमणिका दाई ३७ वर्षीय बालकुमार आचार्यले ती बालिकालाई ललाई फकाई भाईसँग भेटाएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले बालकुमारलाई समेत नियन्त्रणमा लिएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू