मादक पदार्थ सेवनपछि चिर्पटले हानेर छोराले गरे पिताको हत्या

मादक पदार्थ सेवनपछि चिर्पटले हानेर छोराले गरे पिताको हत्या

बुबाको हत्या गरेको आरोपमा रसुवामा एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खु बस्ने ६५ वर्षीय छेवाङ तामाङको हत्या अभियोगमा उनका छोरा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले गएराति मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएका थिए । तत्काल उपचारार्थ जिल्ला अस्पताल धुन्चे लगिएकोमा उनको उपचारको क्रममा निधन भएको बताइएको छ ।

गोपाललाई प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू