पोल्याण्ड उड्न लागेकी महिलाको ब्यागमा हजारौं डलर

पोल्याण्ड उड्न लागेकी महिलाको ब्यागमा हजारौं डलर

काठमाडौंबाट पोल्याण्ड जान लागेकी महिला अवैध डलरसहित पक्राउ परेकी छन् । आज बिहान दुबई हुँदै पोल्याण्ड प्रस्थान गर्न लागेकी पोल्याण्ड नागरिकको साथबाट १३ हजार अमेरिकी डलर फेला परेको बताइएको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ मा बिहान सवा ९ बजे दुबई जाने तरखरमा रहेकी पौलिना गाब्रियला मादेजको साथबाट सुरक्षा जाँचको क्रममा डलर रहेको पत्ता लागेको हो । 

विमानस्थलको प्रस्थान कक्षको सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू