कुचोले हानेर वृद्ध पिता मार्ने छोरा प्रहरी खोरमा

कुचोले हानेर वृद्ध पिता मार्ने छोरा प्रहरी खोरमा

बुबाको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लागेको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१०, टाँडी बस्ने ६० वर्षीय होमबहादुर दराईको हत्या अभियोगमा उनका छोरा ३५ वर्षीय रुपेश दराई पक्राउ परेका हुन् । 

हिजो साँझ उनले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । तत्काल उपचारार्थ मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

प्रहरी चौकी अरुणखोलाबाट खटिएको टोलीले रुपेशलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू