दम्पती नै लागूऔषध कारोबारमा सक्रिय

दम्पती नै लागूऔषध कारोबारमा सक्रिय

बाँकेमा लागूऔषधसहित एक जोडी पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–८, पिपिरी बस्ने ४० वर्षीय रेवन्त थापा र उनकी पत्नी ३३ वर्षीया कविता थापालाई प्रहरीले पक्रेको हो । 

इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको टोलीले गएराति उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुको घर, कार तथा स्थानीय यज्ञ रानाको खाली घरमा समेत उनीहरुले लुकाईछिपाई लागूऔषध राखेको तथा कारोबार गर्दै आएको पाइएको छ । 

उनीहरुको साथबाट प्रहरीले चरेश १२ केजी ७ सय ४ ग्राम र अफिम २ केजी ४५ ग्राम बरामद गरेको छ । यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू