कसले झोस्यो मध्यरातमा वडाध्यक्षको घरमा आगो ?

कसले झोस्यो मध्यरातमा वडाध्यक्षको घरमा आगो ?

धनकुटाको पाख्रीबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगो लगाइएको छ । डाँडाखर्कस्थित घरमा मध्यरातमा बाहिरबाट ताल्चा लगाएर अज्ञात व्यक्तिले आगो लगाइदिएको बताइएको छ ।

वडाध्यक्ष श्रीमतीसहित सुतिरहेको बेलामा घरको तल्लो तल्लामा ग्यास सिलिण्डरसँगै आगो झोसिएको हो । आगलागीबाट घरको तल्लो भाग जलेर नष्ट भए पनि वडाध्यक्ष र उनको परिवार जोगिएका छन् ।

मध्यरातमा छिमेकीको सहायताले उनीहरुलाई माथिल्लो तलाबाट बाहिर निकालिएको थियो । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको र घटनाको प्रकृति हेर्दा उनीहरुको ज्यान लिने उद्देश्य रहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू