निर्वाचन आयोगको कार्यक्रममा विदेशी पाहुना आउने क्रम जारी

निर्वाचन आयोगको कार्यक्रममा विदेशी पाहुना आउने क्रम जारी
सुन्नुहोस्

निर्वाचन आयोगले भोलिदेखि काठमाडौंमा एसियाली राष्ट्रहरुबीच निर्वाच सम्बन्धी सम्मेलनको आयोजना गर्दै छ । एसियन नेटवर्क फर फ्रि इलेक्सन्सको संयुक्त आयोजनामा दुई दिने छैठौं एसियन इलेक्टोरल स्टेकहोल्डर फोरम हुन लागेको हो ।

सोही कार्यक्रममा सहभागी हुन फिलिपिन्स र फिजीबाट पाँच जना पाहुना हिजो राति काठमाडौं आइपुगेका हुन् । आयोगका अनुसार फिलिपिन्सबाट इलेक्सन कमिसनर अर्नेस्टो फर्डिनान्ड पी मासेदा जुनियरलगायत चार जना सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा आएका हुन् । त्यसैगरी फिजीबाट निर्वाचन आयोगको डिभिजनल म्यानेजर विलिमे वुइयुनुका पनि सोही उडानमा हिजो काठमाडौं आएको बताइन्छ । 

हिजै नयाँ दिल्लीबाट भारतीय निर्वाचन आयोगका पूर्व आयुक्त आएका छन् । डा.शाहबुद्धिन याकुब कुरैशी भिस्तारा एअरको उडान नम्बर युके १५५ मा अपरान्ह ४ बजे आएका हुन् ।

टिप्पणीहरू