कानुन व्यवसायीले ठाडो निवेदनमा पेशी स्थगित गर्नसक्ने, पटक कायम नहुने

कानुन व्यवसायीले ठाडो निवेदनमा पेशी स्थगित गर्नसक्ने, पटक कायम नहुने

सर्वोच्च अदालतले पर्सि आइतबार र भोलिपल्ट सोमबार कानुन व्यवसायीहरुले ठाडो निवेदन हालेमा कुनैपनि मुद्दाका पेशी स्थगित हुने जनाएको छ । दुई दिन उक्त व्यवस्थाका गर्न निर्देशन दिँदै सर्वोच्चले सबै अदालत र इजलासलाई आवश्यक जानकारी गराएको छ ।

नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आगामी आइतबार र सोमबार क्रमशः राष्ट्रिय गोष्ठी र ४९ औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक राखेकाले उक्त निर्णय गरिएको सर्वोच्चको परिपत्रमा उल्लेख छ । कानुन व्यवसायीहरु ती कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले जुनसुकै मुद्दाको पेशी रोक्ने व्यवस्थाका लागि गत मंगलबार बारले सर्वोच्चलाई लिखित अनुरोध गरेको बताइन्छ । 

सोही बमोजिमभएको आदेशानुसार आगामी दुई दिन कानुन व्यवसायीले पेशी स्थगितका लागि निवेदन परेमा जुनसुकै अवस्थामा रहेका मुद्दा तथा निवेदन पटक कायम नरहने गरी पेशी स्थगित गर्न सर्वोच्चले निर्देशन दिएको हो ।

टिप्पणीहरू