शरीरमा १४ किलो सुनको पाता जडेका चन्द्र विमानभित्रै समातिए

शरीरमा १४ किलो सुनको पाता जडेका चन्द्र विमानभित्रै समातिए

करिब १४ किलोग्राम सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेलगत्तै नियन्त्रणमा लिइएको छ ।

गएराति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा काठमाडौं आएका घलेलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको जनाइएको छ । पीए ०१४५४८८ नम्बरको राहदानी बोकेका घले सुनका पाता शरीरमा राखेर ल्याएको सूचनाको आधारमा पक्राउ परेका हुन् । 

विमानका अन्य यात्रु ओर्लेपछि अन्तिममा उनलाई नियन्त्रणमा लिइएको थियो । उनी अस्ति काठमाडौं आउने योजना रद्ध गरेर हिजो राति आइपुगेका हुन् । बरामद भएको सुनलगायत विषयमा रातिदेखि नै भन्सार कार्यालयमा राखेर घलेमाथि आवश्यक अनुसन्धान गरिएको छ ।

टिप्पणीहरू