अमेरिका पुर्याइदिने नाममा ठगीधन्दा, ६५ लाख बुझेपछि बेपत्ता

अमेरिका पुर्याइदिने नाममा ठगीधन्दा, ६५ लाख बुझेपछि बेपत्ता
सुन्नुहोस्

वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै हिँडेका रमेश न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीका अनुसार उनले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभन दिएका हुन् ।  

काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्ने कैलालीका २८ वर्षीय न्यौपानेले अमेरिका जान प्रतिव्यक्ति ४५ लाख लाग्ने र मासिक तीन लाख आम्दानी हुने सपना बाँडेका थिए । पीडितहरुबाट पटक–पटक गरेर ६४ लाख ४५ हजार उठाएपछि उनी फरार भएका हुन् । 

पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी हालेपछि विभागको अनुरोधमा प्रहरीले खोजतलास गर्ने क्रममा उनी नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।
 

टिप्पणीहरू