राति फेला परेको १४ किलो सुन छानबिन गर्ने जिम्मा छ जनालाई

राति फेला परेको १४ किलो सुन छानबिन गर्ने जिम्मा छ जनालाई
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजोराति बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरिएको छ । सरकारले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । 

समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना सदस्य छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार गएराति पौने १२ बजे आएको फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा आएका गोरखाका चन्द्र घलेको शरीरबाट साथमा रहेको उक्त सुन बरामद भएको हो । उनले दुई किलो तौल भएका साथ थान सुनका पाता शरीरमा जडान गरेका थिए ।

उनीसँगै प्रहरीले झण्डै दुई घण्टापछि राति २ बजे धुम्बाराहीमा गोरखाका मीनबहादुर घलेलाई पक्रेको थियो । लगत्तै विमानस्थल भन्सार कार्यालय पुर्याइएपछि साढे ४ बजे चन्द्रलाई प्रहरी वृत्त गौशाला र मीनबहादुरलाई कोटेश्वर प्रहरीमा लगेर राखिएको थियो ।

टिप्पणीहरू