प्रलोभन आइफोनको, ठगी लाखौंको

प्रलोभन आइफोनको, ठगी लाखौंको
सुन्नुहोस्

अनलाइनमार्फत् सर्वसाधारणलाई ठग्दै आएका एक युवक पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–७, बस्दै आएका २५ वर्षीय रमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो नियन्त्रणमा लिएका श्रेष्ठले सामाजिक सञ्जालको दुरुपयोग गरी सस्तोमा महंगा आइफोनहरु बिक्रीमा रहेको र त्यसको निम्ति भन्सार, डेलिभरी र इन्सुरेन्स चार्जको नाममा ठगेका हुन् ।

प्रहरीका अनुसार उनले हालसम्म आठ लाख चार हजार ९८५ रुपैयाँ ठगेको देखिन आएको छ । पक्राउपछि ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।
 

टिप्पणीहरू