भारतीय मोटरसाइकलमा सवार भारतीयको साथमा लाखौं नेपाली रुपैयाँ

भारतीय मोटरसाइकलमा सवार भारतीयको साथमा लाखौं नेपाली रुपैयाँ

पर्साको वीरगञ्जमा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पूर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमार अवैध रकमसहित समातिएका हुन् । 

प्रहरी चौकी इनरुवाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट उनलाई स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीका अनुसार रजतजयन्ती चोकस्थित बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनी उक्त रकमसहित फेला परेका हुन् ।

टिप्पणीहरू