काठमाडौंमा लुकेर हिँड्ने, युरोप र अमेरिकामा आकर्षक रोजगारीको धाक दिएर ठग्ने

काठमाडौंमा लुकेर हिँड्ने, युरोप र अमेरिकामा आकर्षक  रोजगारीको धाक दिएर ठग्ने
सुन्नुहोस्

वैदेशिक रोजगारीमा माल्टा पठाइदिने नाममा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलब सुविधाको प्रलोभनमा सर्वसाधारणलाई ठगेका धर्मेन्द्र शाही समातिएका हुन् । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको  टोलीले उनलाई नियन्त्रणमा लिएको हो । काठमाडौंको डल्लु बस्दै आएका जुम्लाका ३३ वर्षीय शाहीले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने आकर्षक रोजगारीको प्रलोभन दिएका थिए ।

एक लाखको मासिक तलबको प्रलोभनमा उनी सात लाख पाँच हजार रुपैयाँ ठगेर फरार भएको बताइन्छ । उनै शाहीलाई ललितपुरको जावलाखेलबाट नियन्त्रणमा लिइएको हो ।

त्यस्तै अमेरिका पठाइदिने नाममा ठग्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठगेका रमेश न्यौपाने प्रहरी हिरासतमा पुगेका हुन् । 

उनलाई पनि नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । कोटेश्वर बस्ने कैलालीका २८ वर्षीय न्यौपाने वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने प्रलोभनमा ६४ लाख ४५ हजार उठाएपछि फरार भएका थिए । प्रहरीले नयाँ बानेश्वरबाट पक्रेको हो ।

टिप्पणीहरू