सुन तस्करीको नयाँ तरिका : जिपको गियरबक्समा २ किलो

सुन तस्करीको नयाँ तरिका : जिपको गियरबक्समा २ किलो
सुन्नुहोस्

काठमाडौंको प्रमुख प्रवेश नाका नागढुंगामा दुई किलो सुन फेला परेको छ  । प्रहरीले रसुवाबाट आउँदै गरेका तीन जनालाई सुनसहित पक्रेको छ ।

रसुवाबाट आउँदै गरेको जिपमा सवार उनीहरुले दुई किलोग्राम सुन ल्याएको प्रहरीले जनाएको छ । रसुवाका २१ वर्षीय सुनील भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ पक्राउ परेका छन् । 

उनीहरूले सुन जिपको गियरबक्समा हालेर ल्याएका थिए ।

टिप्पणीहरू