परस्त्रीसँग सम्बन्ध राख्दै आएका वडाध्यक्ष होटलमा रंगेहात फेला

परस्त्रीसँग सम्बन्ध राख्दै आएका वडाध्यक्ष होटलमा रंगेहात फेला
सुन्नुहोस्

एक जना जनप्रतिनिधि परस्त्रीसँग शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन् । 

नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ ।

उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बताए ।   

उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ । ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन् ।

एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए ।
 

टिप्पणीहरू