अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

राष्ट्रिय अनुसन्धान विभागका तत्कालिन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

बस्नेतले भारतको माध्यमिक शिक्षा परिषद्बाट लिएको नक्कली प्रमाणपत्र पेश गरेर विभागको सहायक निरीक्षकमा पदमा नियुक्ति लिएका थिए । केही समयपछि बढुवासमेत भएका उनले अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा लिएको अख्तियारको आरोप छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू