किशोर उमेरमै दुई पाङ्ग्रे चोरीमा संलग्न

किशोर उमेरमै दुई पाङ्ग्रे चोरीमा संलग्न

कास्कीमा स्कुटर चोरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१६ का १७ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

उनले नदीपुर र बगरस्थित पार्किङ गरी राखेको क्रमशः ग १४ प २०३४ र ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । 

यसअघि उनी तीन पटकसम्म चोरी मुद्दामा पक्राउ परिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

टिप्पणीहरू