धनकुटाबाट फर्केको भारतीय कारमा गाँजा

धनकुटाबाट फर्केको भारतीय कारमा गाँजा
सुन्नुहोस्

धनकुटा प्रहरीले १५ केजी गाँजा बरामद गरेको छ । साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट उक्त परिमाणको गाँजा बरामद भएको बताइएको छ ।

हिजो साँझ धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर ३८ एएस ६८०८ नम्बरको भारतीय कारमा गाँजा फेला परेको हो ।

चालकसहित तीन जना प्रहरीलाई देख्नेबित्तिकै कार रोकेर फरार भएको बताइन्छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उक्त कार चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो । 

हाल फरार सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू