विदेश पठाइदिने नाममा १८ वर्षे किशोरले १७ लाख ठगे, अर्काले आठ लाख

विदेश पठाइदिने नाममा १८ वर्षे किशोरले १७ लाख ठगे, अर्काले आठ लाख
सुन्नुहोस्

वैदेशिक रोजगारीमा अमेरिका र दक्षिण अफ्रिका पठाइदिने नाममा ठगी गरेको आरोपमा १८ वर्षे किशोरसहित दुई जना पक्राउ परेका छन् । अभिषेक श्रेष्ठ र एक किशोरलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 

ललितपुरको गोदावरी नगरपालिका–१० बस्दै आएका बर्दियाका ३० वर्षीय अभिषेक वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै आठ लाख रुपैयाँ ठगेपछि फरार भएका थिए । 

यस्तै, काठमाडौं महानगरपालिका–७, गौरीघाट बस्ने झापाका १८ वर्षे किशोरले पनि त्यस्तै प्रलोभनमा ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दक्षिण अफ्रिका पठाइदिने भन्दै पीडितहरुबाट पटकपटक गरेर १७ लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

प्रहरीले खोजतलास गरेपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

टिप्पणीहरू