भोजपुरको होटलमा २७ वर्षीया महिला बलात्कृत, २५ वर्षे पक्राउ

भोजपुरको होटलमा २७ वर्षीया महिला बलात्कृत, २५ वर्षे पक्राउ

भोजपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाराको देउताल गाउँपालिका–५ बस्ने २५ वर्षीय गोपालकुमार सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहनीले ती महिलालाई भोजपुर नगरपालिका–७ स्थित संयोग होटलमा करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

हाल उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू