कुलेश्वरमा दिउँसै जुवाको खाल, भारतीयसहित आधा दर्जन जुवाडे पक्राउ

कुलेश्वरमा दिउँसै जुवाको खाल, भारतीयसहित आधा दर्जन जुवाडे पक्राउ

काठमाडौंमा आधा दर्जन जुवाडेलाई प्रहरीले खालबाटै समातेको छ । 

कुलेश्वर बस्ने भारत घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सुराकीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो दिउँसो नियन्त्रणमा लिएको जनाएको छ । 

उनीहरुको साथबाट प्रहरीले एक लाख २१ हजार रुपैयाँ नगद र तीनबुक तास पनि बरामद गरेको छ । पक्राउ परेकामाथि थप जाँचबुझ चलिरहेको जनाइएको छ ।
 

टिप्पणीहरू