नेपालगञ्ज पुगेपछि सम्पर्कविहीन, पोखरी नजिकै शव फेला

नेपालगञ्ज पुगेपछि सम्पर्कविहीन, पोखरी नजिकै शव फेला
सुन्नुहोस्

नेपालगञ्जको पुष्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकैको तलाउमा डुबेर एक जनाको मृत्यु भएको छ । सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगञ्जमा पुगेपछि आइतबारदेखि सम्पर्कविहीन भएका तेजबहादुर कामी डुबेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार उनी हराएपछि परिवारका सदस्य र प्रहरीले संयुक्त खोजतलास गरेको बताइन्छ । 

मानिस हराएको सूचना सामाजिक सञ्जालमा राखिएपनि उनीबारे कुनै जानकारी प्राप्त नभएको तर अचानक तलाउमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो ।

घटनाबारे परिवारलाई खबर गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू