छिमेकीको विवाहमा गएकी नाबालिकाको बलात्कारपछि हत्या

छिमेकीको विवाहमा गएकी नाबालिकाको बलात्कारपछि हत्या

धनुषामा एक नाबालिकाको बलात्कारपछि हत्या भएको छ । सबैला नगरपालिकाको कुसमाहा गाउँमा जबरजस्ती करणीपछि घाँटी थिचेर हत्या गरिएको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ ।

धनुषाका नायव प्रहरी उपरीक्षक रञ्जन आबाका अनुसार शव खाल्डोमा फेला परेको हो । हिजो राति सबैला नगरपालिका ९ स्थित मृतकको घरबाट निकै परको खाल्डोमा शव फेला परेको हो ।

छिमेकीको विवाहमा गएकी उनी रातिसम्म घर नफर्केपछि खोजी गरिएको थियो । घटनामा संलग्न रहेको आशंकामा दुई जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू