बाहुन टोलका प्रवीनको घर चोरले रित्यायो

बाहुन टोलका प्रवीनको घर चोरले रित्यायो

सिरहामा लाखौंको धनमाल चोरी भएको छ । गोलबजार नगरपालिका–४ बाहुन टोलस्थित प्रविनकुमार कोइरालाको घरमा चोरी भएको हो । 

हिजो दिउँसो घरमा कोही नभएको बेलामा सुन तथा चाँदीका विभिन्न गरगहना र नगद गरी दश लाख ९२ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ । 

दिउँसै घरमा पसेर कसले चोरी गर्यो भन्ने पत्ता लागेको छैन । चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू