श्रवणको झोलामा दश किलो गाँजा

श्रवणको झोलामा दश किलो गाँजा
सुन्नुहोस्

मकवानपुरमा दश किलो गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट उक्त परिमाणको गाँजासहित बाराका २२ वर्षीय श्रवणकुमार साह समातिएका हुन् । 

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उनलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार साहले बोकिरहेको झोला चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू