मोटरसाइकलको नम्बरप्लेट फेर्नेहरु रंगेहात फेला

मोटरसाइकलको नम्बरप्लेट फेर्नेहरु रंगेहात फेला

चोरीको मोटरसाइकलको नम्बरप्लेट परिवर्तन गरिरहेका दुइजना प्रहरीको फन्दामा परेका छन् । किर्ते काम गरिरहेका उनीहरुलाई प्रहरीले हिजो दिउँसो कलंकीबाट रंगेहात समातेको हो । 

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–७ हसनटार बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरी नगरपालिका दहचोकका १८ वर्षीय एक किशोर रहेका छन् । उनीहरु दुवै जनाको घर धादिङको गजुरी गाउँपालिका–८ किरनचौर रहेको प्रहरीले बताएको छ । 

विशेष सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले बा.प्र ०२–०४० प ६३८१ तथा बा.प्र ०२–०४७ प ११८३ नम्बरको दुईवटा मोटरसाइकल र चोरी गर्न प्रयोग गरिएको सामानसहित उनीहरुलाई पक्रेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू