थुनुवा छुटाईदिने आश्वासनमा पैसा उठाएर भागेका व्यक्ति बौद्धमा भेटिए

थुनुवा छुटाईदिने आश्वासनमा पैसा उठाएर भागेका व्यक्ति बौद्धमा भेटिए

कारागारमा रहेको थुनुवा छुटाईदिन्छु भनी ठगी गरेको आरोपमा एक जना समातिएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ३७ वर्षीय दावा दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका कैदीलाई छुटाइदिने र त्यसका लागि वकिल र अदालतमा खर्च लाग्छ भनी पीडितबाट पटक-पटक गरी पाँच लाख रुपैयाँ उठाएपछि उनी फरार थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बौद्धबाट नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालयले यसबारे थप अनुसन्धान गर्न तथा आवश्यक कारबाहीका निम्ति दावालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

टिप्पणीहरू