दलित भन्दै अनमिलाई गाउँ निकाला

दलित भन्दै अनमिलाई गाउँ निकाला
सुन्नुहोस्

मुगुमा दलितमाथि अर्को विभेद गरिएको छ । गाउँलेका कारण एउटी अनमिले सरकारी सेवाबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको बताइन्छ । 

मुगुको सोरु गाउँपालिकास्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीयले गाउँ निकाला गरेका हुन् । उनीहरुले दलितले छोएको औषधि नखाने भन्दै महिलालाई त्यहाँबाट जान बाध्य पारेको आरोप छ । 

अनमि बिक भन्छिन्, ‘मन्त्रालयले सरुवा दिँदैन । यता गाउँलेले बबाल गरेका छन् । जागिर छाड्नुको विकल्प छैन ।’

टिप्पणीहरू