मोटरसाइकलमा सवार युवकहरुको खल्तीमा ब्राउनसुगर

मोटरसाइकलमा सवार युवकहरुको खल्तीमा ब्राउनसुगर

मकवानपुरमा ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका–८, कमानेका २७ वर्षीय विवेक वाईवा र भीमफेदी गाउँपालिका–२ बस्ने २९ वर्षीय सुरज मगर समातिएका हुन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–१५, फारलाईनबाट करिब तीन ग्राम ब्राउनसुगरसहित आज बिहान नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार उनीहरुले प्रयोग गरेको ना.४५ प ५२१६ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू